काठमाण्डौ । देवः विकास बैंक लिमीटेड १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ६५ लाख ३३ हजार १ सय ८ कित्ता सेयर निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

बैंकको सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

हालै देवः विकास बैंकले आफ्ना सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । 

यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २३ लाख खूद नाफा आर्जन गरेको छ । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । बोनस सेयरपछि चुक्रापुँजी १ अर्ब  ६९ करोडको उचाईमा पुुग्नेछ । 

देवः विकास बैंकले साहारा विकास बैंकलाई अक्वायर गर्न गइरहेको छ । यसअघि साझा विकास बैंक र युनियन फाइनान्सलाई प्राप्ति गरिसकेको छ । साझा र युनियनलाई प्राप्तिपछि बैंकको चुक्तापूँजी १ अर्ब ८८  करोडको उचाईमा पुुगेको छ । त्यसपछि जारी हुने ४० प्रतिशत हकप्रदबाट बैंकको चुक्तापूँजी २ अर्ब ६३ करोडको उचाईमा पुुग्ने बताइएको छ । प्रस्तावित हकप्रद प्राप्तिको प्रक्रियामा सामेल तीन संस्थामध्ये साझा र युनियनका लगानीकर्ताले मात्र भर्न पाउनेछन् ।