काठमाण्डौ । देव बिकास बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड छ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा तीन करोड ९१ लाख ५३ हजार रुपैयाँ मात्र थियो ।

चुक्तापूँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा सात अर्ब ९६ करोड ८६ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७४ करोड ४३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको  छ । गत आवको सोही अवधिमा छ अर्ब ८४ करोड १९ लाख ७३ हजार रुपैयाँ  निक्षेप संकलन गरी पाँच अर्ब  १५ करोड २२ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

घरजग्गा क्षेत्रमा ८३ करोड ६० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा ११ करोड ७१ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम ४० लाख ७८ हजार रुपैयाँ रहेको बैकको निष्क्रिय कर्जा तीन दशमलव ४४ प्रतिशत रहेको छ ।

घरजग्गा क्षेत्रमा ४९ करोड ७८ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकको खुद व्याज आम्दानी सात कारोड १३ लाख ७६ हजार रुपैयाँ रहेको थियो । प्रोभिजन रकम दुुई करोड ४८ लाख ३१ हजार रुपैयाँ रहेको बैकमा उक्त अवधिमा चार दमसलव ८० प्रतिसत कर्जा निष्क्रिय रहेका छ ।