काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यही २०७३ माघ १ गतेदेखि सार्वजनिक निष्काशनमार्पmत धितोपत्र खरिद गर्नका लागि लागू गर्न लागेको आश्वा(ASBA) प्रणालीमा आवद्ध हुन देवःविकास बैंकले पनि अनुमति पाएको छ । 

धितोपत्र खरिद(सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम बैंकले काठमाडौ उपत्यकाभित्र लालदरबार, नयाँसडक, बालाजु, पुरानो बानेश्वर, चावहिल, कोटेश्वर, काँडाघारी, बसुन्धरा, टंगाल(ललितपुर), दुधपाटी(भक्तपुर), चितवनको नारायणगढ, टाँडी, खोलेसिमल, लंकु, गीतानगर, मंगलपुर, नवलपरासीको गैंंडाकोट, दलदले, अरुणखोला, रुपन्देहीको खैरेनीधादिङ्गको मलेखु, मझुवा, चरौंदी, महादेववेसी, धार्के, काभ्रेपलाञ्चोकको बनेपा, धुलिखेल, पाँचखाल, कुन्तावेसी सिन्धुपाल्चोकको सुकुटे, जलविरे, मेलम्ची, नुवाकोटको बट्टार, पर्वतको कुश्मा, फलेवासमा रहेको आफ्नो ३६ वटा कार्यालयहरु मार्पmत धितोपत्र निष्काशन हँुदाको बखत लगानीकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी सेवा प्रदान गर्ने बताइएको छ । 

धितोपत्र खरिदकर्ताहरुका लागि यस प्रणली अन्तर्गत उत्कृष्ट सेवा प्रदान गर्न बैंकले प्रतिबद्धता जनाएको छ ।