काठमाण्डौ । देवः विकास बैंकका सेयरधनीले १४ प्रतिशत बोनस सेयर पाउने भएका छन् । साथै ५० प्रतिशतको दरले हकप्रद समेत माघ ९ गतेदेखि निश्कासन हुनेछ । 

शुक्रबार राजधानीमा सम्पन्न यो बैंकको १० औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण दिने संचालक समितिको प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो । 

यो बैंकले चालु आर्थिक वर्षको पुस २७ गतेसम्म ८७२.६८ करोड निक्षेप संकलन, रु. ७९७.०२ करोड कर्जा प्रवाह तथा रु. १९.०९ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको साधारणसभामा जानकारी गराइएको थियो । 

साथै चुक्ता पूँजीको ५० प्रतिशतका दरले यही २०७३ माघ ९ गतेदेखि बिक्री खुल्ला हुने हकप्रद शेयर र १४ प्रतिशत वोनस शेयर वितरण गरे पश्चात् बैंकको चुक्ता पूँजी रु. १ अर्ब ४४ करोड ५० लाख हुने बताइएको छ ।