काठमाण्डौ । देवः विकास बैक लिमिटेडले आस्वाबाट धितोपत्रको सार्वजनिक निश्कासनमा आवेदन दिंदा प्रतिदरखास्त १० रुपैयाँमै सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

पूँजी बजारमा ग्राहकहरुबाट गरिने लगानीलाई सहज, मितव्ययी र लगानीमैत्री बनाउन आस्वामा लिंदै आएको सेवा शुल्कलाई घटाएर प्रति दरखास्त १० रुपैयाँ कायम गरिएको बैंकले जनाएको छ।

यो सेवा शुल्कमा धितोपत्र खरिद (सार्वजनिक निष्काशन( सम्बन्धी निर्देशिका, २०७३ मा भएको व्यवस्था बमोजिम शेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई बुझाउनुपर्ने प्रति दरखास्त रकम रु. १० मात्र समावेश गरिएको छ ।

नयाँ सेवा शुल्क तिरेर देवः विकास बैंकका सबै शाखा कार्यालयबाट आस्वा सेवाको सुविधा लिन सकिने व्यवस्था गरिएको बैंकका प्रबन्धक नवीनमुनि बज्राचार्यले बताएका छन् ।