काठमाण्डौ । जीवन बीमाका लक्षित ग्राहक वर्गहरुको रुचीलाई मध्यनजर गरी एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दैनिक रु.९ रुपैया भन्दा पनि थोरै बचतबाट रु.१० लाखको बीमा गराउन सकिने एक आकर्षक एवं नवीनतम जीवन बीमा योजना “सरल सुरक्षा(म्यादी जीवन बीमा योजना)” सार्वजनिक गरेको छ । 

कम्पनीले यो योजना कात्तिक २६ गतेदेखि कार्यान्वयनमा ल्याएको छ । यसको अर्थ अब ग्राहकहरुले दैनिक ९ रुपैयाँ बचतबाट १० लाख बराबरको बिमाको सुविधा पाउन सक्नेछन् । 

सानो बचतले पनि बीमा सम्भव छ भन्ने सन्देश बीमाका ग्राहकसम्म पुर्याउन यस योजनाले सहयोग पुग्ने कम्पनीले विश्वास गरेको छ । 

नवीनतम यो योजनाका मुख्य बिशेषता यस्ता छन्:
न्यूनतम प्रवेश उमेर : १६ वर्ष                    
अधिकतम प्रवेश उमेर : ६० बर्ष
अधिकतम बीमा समाप्ति उमेर : ६१ बर्ष
बीमा अवधि : १ बर्ष
न्यूनतम बीमाङ्कः  रु.२,५०,०००।–                   
ऋधिकतम बीमाङ्क : बीमितको आर्थिक स्थितिको आधारमागरिने छ । 
बीमाशुल्क भुक्तानी गर्ने तरिका : वार्षिक
रकम भुक्तानी दिने अवस्था : बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइनेछ ।     

उमेरअनुसारको बीमाशुल्क भुक्तानी गरी प्रत्येक बर्ष बीमालेख नवीकरण गराउन सकिने ब्यवस्था यस योजनामा रहेको बताइएको छ । यसअघि एशियन लाईफ इन्स्योरेन्सले १५ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट बिमा सेवा प्रवाह गर्दै आइरहेको छ ।