काठमाण्डौ । रुस र साउदी अरेबियाले अन्य प्रमुुख कच्चा तेल उत्पादकहरुसँग मिलेर कोरोनाभाइरसको महामारीबाट हल्लिएको तेल बजारलाई स्थिर गर्नका लागि तेल उत्पादनमा कटौतिको सम्झौता गरेका छन् ।
ओपेका सदस्यहरु र रुस र मेक्सिको सहितका साझेदारहरुले आइतबार मे र जुुन महिनामा तेलको उत्पादन प्रतिदिन ९.७ मिलिएन ब्यारेल कटौति गर्ने जनाएका थिए ।
कच्चा तेलको यो कटौति अहिलेसम्म गरिएको सबैभन्दा ठूला कटौतिमध्ये एक हो । त्यसपछि सन् २०२२ मा कटौति गर्ने निर्णय समाप्त भइसकेपछि तेलको उत्पादनमा निरन्तर वृद्धि गरिनेछ ।
ओपेक प्लस पनि भन्ने गरिने यो समूहले तेलको मूल्य बढाउनका लागि उत्पादनमा कटौति गर्न चाहिरहेको थियो जो भर्खरैका साताहरुमा १८ वर्ष यताकै न्यून विन्दुुमा पुुगेको थियो । रुस र साउदी अरेबियाले तेलको उत्पादनमा कटौति गर्न इन्कार गरेपछि तेलको मूल्यमा पहिरो गएको थियो, जसले कच्चा तेलको बजारमा मूल्ययुुद्धको सिर्जना गरेको थियो ।
अहिले कोरोनाभइरसले गर्दा तेलको मागमा व्यापक कमी आएपछि तेलको मूूल्यलाई झनै न्यून विन्दुुमा धकेलेको छ । बुुधबार प्रतिदिन १० मिलियन ब्यारेल कटौति गर्ने निर्णयमा पुुग्ने प्रयास गरिएपछि आइतबारको यो घोषणा सार्वजनिक भएको हो ।
तर मेक्सिकोले भने यसमा हस्ताक्षर गर्ने छैन । शुुक्रबार मेक्सिकोका राष्ट्रपति आन्द्धेज म्यानुुयल लोपेज ओब्र्याडोरले मेक्सिकोले दैनिक एक लाख ब्यारेल उत्पादन क्षमता कटौति गर्ने बताएका थिए । तर यो मात्रा बुधबार प्रस्ताव गरिएको मात्रा भन्दा धेरै नै कम भए पनि लोपेजले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई क्षतिपूर्ति दिन अमेरिकाले दैनिक २ लाख ब्यारेल उत्पादन कटौति गर्ने प्रस्ताव गरेको बताएका थिए । अमेरिका ओपेक प्लसको सदस्य राष्ट्र भने होइन ।
शुुक्रबारको प्रेस सम्मेलनको बेला ट्रम्पले आफूले मेक्सिकोका राष्ट्रपतिसँग कुरा गरेको र उनी तेलको उत्पादन क्षमता कटौति गर्न सहमत भएको बताएका थिए । तर, उनले कति मात्रा कटौति गर्ने भन्ने बारे खुुलाएका थिएनन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago