काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ ६३.१५ प्रतिशतको छलाङ मारेको छ । 

अघिल्लो वर्ष यही अवधिमा १४ करोड ३७ लाखमा सीमित यो बैंकको खूद नाफा बढेर यो वर्ष २३ करोड ४६ लाख माथिको उचाईमा पुगेको हो । 

बैंकले संचालन नाफातर्फ भने कमालकै प्रगति गरेको छ । अघिल्लो वर्ष १२ करोड ४२ लाखमा सीमित यस्तो नाफामा १६४.६८ प्रतिशतको छलाङ मारेको हो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि ३२ करोड ४९ लाखबाट बढेर यो वर्ष ४७ करोड २९ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा लुम्बिनी विकास बैंकले २३ अर्ब ४४ करोड निक्षेप संलकलन गरुी २१ अर्ब ७२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १९ अर्ब १८ करोड निक्षेप संकलन गरी १७ अर्ब २५ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले १ अर्ब १ करोडमा सीमित रिजर्बलाई बढाएर यो वर्ष १ अर्ब ३५ करोडको उचाईमा पुर्याएको छ ।

बैंक व्यवस्थापनले २.५० प्रतिशतमा रहेको खराब कर्जालाई घटाएर २.३१ प्रतिशत बनाउने सफलता पाएको छ भने यो बैंकको पनि सीडी रेसियो निकै टाइट अर्थात ७८.८१ प्रतिशतमा रहेको छ । 

समीक्षा अवधिसम्म बैंकको बेस रेट ११.१६ प्रतिशत, कस्ट अफ फण्ड ८.८३ प्रतिशत रहेको छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७.९३ गुणा सम्पत्तिमा प्रतिफल १.५७ प्रतिशत र तरलता अनुपात २१.७० प्रतिशत कायम भएको छ ।