रुपन्देही  । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धकधईको आयोजनामा आज रोहिणी गाउँपालिका वार्ड नं. १ चनुलिमा ग्रामीण कर्जा बीमा क्षतिपूर्ति रकम वितरण कार्यक्रम सम्पन्न भएको छ।

रोहिणी गाउँपालिकास्थित चनुली गाउँमा भएको कार्यक्रममा शाखाको चनुली महिला समूहकी अध्यक्ष जडावती लोहारको प्रमुख आतित्थ्य र शााखाको लेखापाल सुरेश बहादुर थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भयको छ । कार्यक्रममा कर्मचारी दिपेन्द्र यादब र रेनु चौधरीले स्थानीयस्तरमा लघुवित्तको सामाजिक उत्तरदायित्वअन्तर्गतका सम्पुर्ण सुविधाका बारेमा सहभागीहरुलाई अवगत गराएका थिए। 

स्व. रसबुन निशाको छोरा एकलाख अहमद खानलाई बीमा क्षतिपूर्ति रकम रु ६ लाख ५ हजार शाखा प्रमुख जिबुप्रकाश सुवेदीले केन्द्र प्रमुखको रोहबरमा वितरण गरेका थिए। कार्यक्रममा सुवेदीले २०५० साल पौष १ गते शाखा स्थापना भई शाखाले ३ दशकको अवधिमा धेरै सामाजिक कार्य गरिसकेको र अझै ग्राहकमैत्री सेवा दिन संस्था तत्पर रहेको चरम आर्थिक संकटको समयमा समेत ग्राहकमैत्री कार्यक्रम ल्यायको प्रकाश पारेका थिए। 

संस्थाले बीमालगायत सुत्केरी पोषण, उच्च शिक्षा छात्रवृत्ति, गम्भीर रोग उपचार सहयोग, प्राकृतिक प्रकोप राहत, उद्दमशिलता सन्देश लघुउद्यम सीप विकास कार्यक्रमलगायत ग्राहकमैत्री कार्यक्रम समयसापेक्ष ल्याउँदै जाने उनले बताए।