काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्यूआर कोड वितरण गरेको छ । 

उक्त बजारका विभिन्न ब्यापारीहरुलाई सिभिल बैंकको क्यूआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोत्साहन गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सो कार्यक्रमको उद्घाटनमा बोल्दै राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसाथ गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्नेमा जोड दिए ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्यूआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरुमा क्यूआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशीले बताए ।