काठमाण्डौ । विश्वको अर्थतन्त्र कोरोना भाइरसले गर्दा आक्रान्त बनेको बेलामा धनाढ्यहरुलाई भने खासै असर परेको देखिदँैन ।

यसको पुुष्टि धनाढ्यहरुको सम्पत्तिबारे अध्ययन गर्ने ब्रिटिस संस्था नाइट फ्र्याङकको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनका अनुुसार विश्वमा गत वर्ष सुुपर रिच व्यक्तिहरुको विशिष्ट क्लबमा ३१ हजार अर्थात ६ प्रतिशत नयाँ व्यक्ति जोडिएका थिए । यी नयाँ धनाढ्यसँगै अब ५ लाख १३ हजार व्यक्ति सुुपर रिच क्लबमा सामेल भएका छन् । नयाँ व्यक्तिहरुले विश्व सेयर बजारमा उछाल आएको बेला आफ्नो सम्पतिमा श्रीवृद्धि गराएको प्रतिवेदनमा उल्लेख छ । विशिष्ट क्लबमा तिनै व्यक्तिमात्रै समावेश हुुन सक्छन जसको सम्पत्ति ३ करोड डलर हुुने गर्दछ । 

विश्वको धनाढ्यको सुुचीमा अमेरिका सबैभन्दा अग्रस्थानमा रहेको छ । जहाँ धनाढ्यको संख्या २ लाख ४० हजार ५ सय ७५ रहेको छ । त्यस्तै ६१ हजार ५ सय ८७ धनाढ्य सहित चीन दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको जर्मनी २३ हजार ७८ व्यक्ति धनाढ्यको सुुचीमा परेका छन् । धनाढ्यको सुुचीको चौथो पाँचौ छैठाँै सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः फ्रान्स, ब्रिटेन, इटाली, क्यानडा, रुस र स्वीजरल्याण्डका धनाढ्यहरु परेका छन् । -एजेन्सी