काठमाण्डौ। प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय धनुषामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रभु बैंकले धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। एक्सटेन्सन काउन्टर आज शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदीपराज कँडेलले एक समारोहबीच उद्घाटन गरेका छन्।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा प्रशासनमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो। प्रभु बैंकको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ।
प्रभु बैंकको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19