काठमाण्डौ । राष्ट्रबैंकले प्राथमिक पूँजीको शतप्रतिशत ऋणपत्र जारी गर्न छुट दिएसँगै वाणिज्य बैंकहरु ऋणपत्र जारी गर्न कस्सिएका छन् ।
यो क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकले समेत २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।
बैंकले सात बर्ष अवधिका लागि ऋणपत्र जारी गर्न खोजेको हो। वार्षिक ब्याजदर साढे १० प्रतिशत राखेको छ । बैंकले धितोपत्र बोर्डमा ऋणपत्र जारीको स्वीकृतिका लागि आवेदन दिएको छ ।
यसैगरी, सिद्धार्थ बैंकले समेत २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्रीका लागि स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
यो बैंकले चाहि ऋणपत्रमा १०.५ प्रतिशत ब्याज दिने जनाएको छ । यो ऋणपत्रको अवधि समेत ७ वर्षकै हुनेछ ।
दुवै बैंकले १ हजार दरका ऋणपत्र जारी गर्न खोजेका हुन् ।
यसअघि एनआइसी एसियाले ३ वटा ऋणपत्र जारी गरिसकेको छ भने चौथो ऋणपत्र समेत जारीका लागि आवेदन दिएको छ । यस्तै, सानिमा बैंकले पनि ऋणपत्र बिक्रीको प्रक्रिया अगाडि बढाएको छ ।
ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19