काठमाण्डौ । प्रभू बैंक लिमीटेले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित विशालनगरमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
एक समारोहका बीच त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ विशालनगरमा स्थापित आरुघाट शाखाको औपचारिक उद्घाटन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक समारोहका बीच शाखा कार्यालय उद्घाटन गरेका थिए ।
सो क्रममा गाउँपालिका अध्यक्ष थापाले प्रभु बैंकले गाउँ–गाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने भएकोले बैंकप्रति आभार प्रकट गरे ।
शाखा उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, बुद्धिजीवी लगायतको सहभागिता थियो ।
आरुघाटसहित अब प्रभू बैंकको शाखा संख्या १८६ पुगेको छ । १४६ एटीएम र २३ एक्सटेन्सन काउण्टर रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19