काठमाण्डौ । प्रभू बैंक लिमीटेडले शुक्रबारदेखि काठमाण्डौको धापासी टोखा रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ । 
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले  एक समारोहका बीच सो शाखा कार्यालयको उद्घाटन गरे । 

गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये गोंगबु शाखा कार्यालयलाई धापासीमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने योजना रहेको बैंकले जनाएको छ । स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।