काठमाण्डौ । अमेरिकाको सबैभन्दा ठूलो फार्मेसी चेनमध्ये एक राइट एड कर्प टाट पल्टेको छ। कम्पनीले केही दिनअघिमात्रै आफ्नो ६१औँ वर्षगाँठ (एनिभर्सरी) मनाएको थियो। 

यो कम्पनीले अहिले आफू टाट पल्टेको विषयमा चेप्टर ११ मा आवेदन दिएको छ। यसले कम्पनीविरुद्ध चलिरहेको मुद्दा बन्द हुनेछ। बैंकरप्सी रिस्ट्रक्चरिङअनुसार कम्पनीले आफ्नो २ हजार स्टोरमध्ये अधिकांश बन्द गर्ने तयारी गरेको छ। 

कम्पनीले पछिल्लो ५ वर्षमा २ अर्ब डलरभन्दा बढी नोक्सानी व्यहोरेको छ। जसका कारण कम्पनीको आधाभन्दा बढी स्टोर बन्द भइसकेका छन्। 

यो कम्पनीको सेयरभाउमा ८० प्रतिशतको गिरावट आइसकेको छ। जब यो कम्पनीको सेयरभाउ अल–टाइम हाईबाट ९९ प्रतिशत तल झरिसकेको छ। 
यो घटनाले अमेरिकाको अर्थतन्त्रमा तीव्रताका साथ बदलाव भइरहेको संकेत गर्छ। 

राइट एडले उसका केही लेन्डरले ३.४५ अर्ब डलरको नयाँ कर्जा दिने वचन दिएका छन्। यसले कम्पनीको बैंकरप्सी प्रोसेसका लागि पर्याप्त लिक्विडिटी सपोर्ट मिल्ने बताइएको छ। 

गत जुनसम्म कम्पनीमाथि ८.६० अर्ब डलरको ऋण रहेको छ। त्यसमध्ये केही कर्जा सन् २०२५सम्म चुक्तानी गर्नुपर्ने रहेको छ। 

कम्पनीको कुल एसेट्स ७.६५ अर्ब डलरको छ। 

अमेरिकामा सन् २०२३ मा थुप्रै कम्पनी टाट पल्टिसकेका छन्। यो वर्ष अहिलेसम्म ५१६ कम्पनीले टाट पल्टेको घोषणा गरिसकेका छन्। यसले तीव्रता पाएमा सन् २०१० को आँकडा पार गर्ने जानकारहरु बताउँछन्। त्यतिबेला ८२७ कम्पनी टाट पल्टेको हो। 

यसरी धमाधम कम्पनीहरु टाट पल्टिन थालेपछि विश्वकै ठूलो अर्थतन्त्रमा ठूलै दबाब परिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। –एजेन्सी