काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्ना ऋणिलाई शुन्य दशमलव २५ प्रतिशत छुट दिएको छ । 

कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणि गम्भीर समस्यामा परेपछि बैंकले शून्य दशमलव २५ प्रतिशत छुट दिएको हो।

ग्राहकमैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आफ्ना सबै ऋणि ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणिले प्राप्त गर्ने छैनन् । बैंकको यो प्रयासले ऋणिलाई राहत हुनेछ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणिलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउनेछ । तर, खराब ऋणिको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणिले यो सुविधा पाउँदैन्ँन् ।’ 

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबैभन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालीन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अगाडि बढ्ने योजना समेत बनाएको छ । 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल स्तरीय सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा,  १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।