Nabil bank-garndy Hospital
काठमाण्डौ । नबिल बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बिशेष छुट र सुविधा पाउने भएका छन् ।
नबिल बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच यस्तो सम्झौता भएको हो ।
यो विशेष छुट डाक्टर परामर्श शुल्क, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको निवारक स्वास्थ्य प्याकेज बाहेकका अन्य सुविधाहरुमा लागू हुनेछ ।
‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तराष्ट्रिय अस्पतालसंगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने हामीलाई विश्वास छ ।’ नबिल बैंक लिमिटेडका कार्ड तथा ई–बैंकिङ प्रमुख निरज शर्माले भने ।
ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. मोहन दुबेले नेपाली नागरिकलाई सेवा पु¥याउने प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको र यो सम्झौताले राष्ट्र सेवामा एक कदम अगाडि बढेको दाबी गरे ।
धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल एक सुविधा सम्पन्न २०० बेडसहितको स्वास्थ्य संस्था हो । अस्पतालमा ३५ विशेषज्ञ विभाग र एक वेलनेश सेन्टर रहेको छ ।
पहिलो रोजाईको बैंक बन्ने लक्ष्यका साथ बैंकले ५२ वटा शाखा सञ्जाल, ९० वटा एटिएम १,४०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु देशव्यापी र विश्वभरका धेरै एजेन्टहरु मार्फत् नबिल बैंक लिमिटेडले सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago