Nabil Investment
काठमाण्डौ । पाँचवर्षे बन्दमुखी म्युचुअल फण्ड ‘नवील ब्यालेन्स फण्ड–१’ को कुल सम्पत्ति मूल्य(नेट एसेट भ्यालु)मा सामान्य बढोत्तरी भएको छ ।
नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको प्रवद्र्धनमा संचालित म्युचुअल फण्डले मंगलबार सार्वजनिक गरेको बित्तीय विवरणमा सामान्य बढोत्तरी देखिएको हो ।
अघिल्लो आर्थिक वर्षको भदौसम्ममा यो म्युचुअल फण्डको खास सम्पत्तिको मूल्य २८ रुपैयाँ २२ पैसा रहेकोमा २०७३ भदौसम्ममा यो मूल्य बढेर २९ रुपैयाँ ३८ पैसा पुगेको हो ।
फण्डको सम्पत्ति मूल्य प्रति इकाई मूल्य रु. १० भन्दा बढी कायम भएको हो ।
यो स्कीम ७५ करोडबाट सुरु भएको हो । हाल यो फण्डले १ अर्ब ५० करोड रुपैयाँ ६८ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । त्यस्तै ११ करोड ४४ लाख विभिन्न ऋणपत्रहरु, ६ करोड ९६ लाख सूचिकृत नभएका सेयरहरुमा लगानी गरेको छ ।
नवील ब्यालेन्स फण्डले विभिन्न कम्पनीका १ लाख ३० हजार कित्ता सेयर खरीद गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19