nabil investment banking
काठमाण्डौ । नबील इन्भेष्टमेन्ट बैकिङद्वारा संचालित ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड नबील व्यालेन्स फण्ड १ को कात्तिक अन्तिमसम्ममा नेट एसेट भ्यालू घटेको छ ।
शुक्रबार प्रकाशित वित्तीय विवरण अनुसार असोज अन्तिमको तुलनामा कात्तिक अन्तिमसम्म नेट एसेट भ्यालूमा गिरावट आएको हो ।
यो म्युचुुअल फण्डको असोज अन्तसम्ममा नेट एसेट भ्यालू २६.३३ रुपैयाँ रहेकोमा कात्तिक अन्तिममा घटेर २५.३३ रुपैयाँ कायम भएको हो ।
तर यो फण्डको नेट एसेट भ्यालू प्रति इकाई १० रुपैयाँ दरको मूल्य भन्दा भने बढी नै कायम छ ।
यो फण्डले असोज महिनामा ३ करोड ९ लाख रुपैयाँ कमाएकोमा कात्तिकमा भने ४ करोड ३७ लाख घाटा व्यहोर्नु परेको छ ।
यो म्युचुुअल फण्डको स्किम ७५ करोड रुपैयाँबाट सुरु भएको थियो । यसले ६७ वटा सूचिकृत कम्पनीको सेयरमा हालसम्म १ अर्ब २० करोड रुपैयाँ, ११ करोड ४४ लाख विभिन्न ऋणपत्र र ८ करोड ४२ लाख रुपैयाँ सूचिकृत नभएका कम्पनीमा लगानी गरेको छ ।
कुल सेयर लगानीमध्ये यो फण्डले जलविद्युत लगानी तथा विकास कम्पनीमा सबैभन्दा बढी अर्थात १ लाख ७ हजार ९ सय २० कित्तामा लगानी गरेको छ ।
नवील ब्यालेन्स फण्ड १ को अन्तिम कारोबार मूल्य प्रति इकाई २० रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago