काठमाण्डौ। यतिबेला धेरैजसो लगानीकर्ता र सर्वसाधारण मानिस आफ्नो कारोबार र करिअरलाई लिएर समस्यामा छन्। विश्वभरका लगानीकर्ता यतिबेला बजारमा पैसा लगानी गर्नबाट डराइरहेका छन्।
यस्तोमा स्टक मार्केटका गुरु भनिने वारेन बफेटले दिएका केही शानदार टिप्स तपाइँ हामीलाई केही नयाँ सिक्ने इच्छा जगाइदिन्छ। साथै यी टिप्सले धनी बन्न पनि सहयोग गर्न सक्दछ।
धनी बन्न रणनीति र राम्रा बानीव्यवहारको पालना आवश्यक
धनी बन्नु केवल भाग्यको काम मात्रै होइन यो त एउटा रणनीतिको उपज हो। लगानीको दुनियाँमा तेस्रो धनी व्यक्ति वारेन बफेटका अनुसार धनी बन्नुछ भने केही बानीव्यवहारको पालना गर्नुपर्ने हुन्छ। यसमा पैसा खर्च गर्नेदेखि लिएर लगानीसम्मका बानीव्यवहारहरु समावेश छन्। बफेटका अनुसार सधैँ केही नयाँ कुरा सिक्ने उत्सुकताले तपाइँलाई धनी बनाउन सहयोग गर्ने गर्दछ।
सन् २०२० को बिजनेस म्यागेजिन फोब्र्सको अर्बपतिको सूचीअनुसार वारेन बफेट ८.६७२ लाख करोड रुपैयाँको सम्पत्तिका साथ विश्वका छैटौँ धनी व्यक्ति हुन्।
१४ वर्षको उमेरदेखि गरिरहेका छन् लगानी
लगानीकर्ताका लागि दशकौँदेखि रोलमोडलका रूपमा रहेका बारेन १४ वर्षको उमेरदेखि लगानी गर्दै आइरहेका छन्। सन् १९४४ को आँकडाका अनुसार वारेनले लगानीमार्फत २२८.५ डलर कमाएका थिए। उनले यसअघि नै लगानी गर्न सिकिसकेका थिए। बफेटको सम्पत्ति निरन्तर बढ्नुको पछाडिको मुख्य कारण उनले जुन क्षेत्रमा लगानी खन्याए त्यसबाट राम्रै मुनाफा कमाए।
लगानीलाई लिएर बफेटको बिल्कुलै फरक धारणा
कोरोनाभाइरस महामारीका कारण विश्वभरका सेयरबजारमा हाहाकार मच्चिएको छ। यो समयमा कयौँ ठूला लगानीकर्ताले ठूलो धनराशि गुमाइसकेका छन्। केही लगानीकर्ता भने पैसा लगानी गर्न डराइरहेका छन्। यो समय लगानी गर्नु ठिक हो कि होइन भनेर उनीहरु डराइरहेको अवस्था छ।
यस्तोमा विश्वका सबैभन्दा ठूला लगानीकर्ताका रुपमा रहेका बारेनको सोच भने केही अलग छ। उनी बजारको गिरावटलाई डरका रुपमा लिँदैनन। उनी त गिरावटमा सधैुँ अगाडिका लागि लगानीको अवसर हुन्छ भन्ने सोच राख्ने गर्दछन्।
अहिले पनि गर्दैनन् स्मार्ट फोनको प्रयोग
वारेन बफेट सादा जीवन जिउने प्रयास गर्ने गर्दछन्। उनी आज पनि स्मार्टफोनको प्रयोग गर्दैनन्। उनी पुरानो फिलिप फोन प्रयोग गर्दछन्। यसका साथै उनी कुनै चिज फाल्दैनन्, चाहे त्यो २०–२५ वर्ष पुरानो सामान नै किन नहोस्।
बफेटले सन् २०१३ मा स्ीाएनएनसँगको अन्तर्वार्तामा नोकियोको फिलिप फोन देखाउँदै गर्वले त्यो फोन आफूलाई अलेक्जेन्डर ग्राहम बेलले दिएको बताएका थिए। वस्तुहरुसँग लामो समयसम्म जोडिने बानी वास्तवमा उनको लगानी रणनीतिसँग जोडिएको छ। उनी भन्छन्, ‘तपाइँ कुनै पनि स्टक खरिद नगर्नुस्, यदि तपाइँ त्यसलाई १० वर्षसम्म राख्न चाहनुहुँदैन भने।’
जबसम्म भरोसा हुँदैन तबसम्म नगर्नुस् लगानी
लगानीलाई लिएर बफेट भन्छन् कि मार्केट वा अन्य कुनै चिजमा तबसम्म लगानी नगनुस् जबसम्म त्यसलाई लिएर तपाइँ पूर्ण रुपमा सन्तुष्ठ हुनुहुँदैन वा त्यसमा माथि तपाइँलाई पूर्ण भरोसा हुँदैन। यदि तपाइँको मनमा त्यस लगानीलाई लिएर अलिकति पनि कन्फ्युजन छ भने कसैले भन्दैमा त्यसमाथि भुलेर पनि लगानी नगर्नुहोस्।
सोचविचार गरेरमात्रै लगानी गर्नुपर्छ
बफेटका अनुसार अन्य लगानीकर्तालाई हेरेर लगानी गर्नुहुँदैन। लगानी तबमात्रै गर्नुपर्छ जब तपाइँलाई यसबारे राम्रो ज्ञान हुन्छ। उनका अनुसार भ्रमप्रति ध्यान दिनुहुँदैन। सेयरबजारमा भ्रमको खेती धेरै नै हुने गर्दछ। कयौँ व्यक्तिले यस्ता भ्रम आफ्नो स्वार्थपूर्तिका लािग पनि फैलाउने गर्दछन्। बफेटका अनुसार उचित कम्पनीको सेयर धेरै मूल्यमा खरिद गर्नुभन्दा राम्रा कम्पनीका सेयरमूल्य उचित छ भने त्यसमा लगानी गर्नु पर्दछ।
स्वयंलाई शान्त राख्नुपर्दछ
सन् २०१७ मा बफेटले बर्कशायर हाथवेका सेयरहोल्डर्सलाई लेखेका थिए कि बजार घट्दा लगानीकर्ताले आफूलाई शान्त राख्नुपर्दछ र हतारमा सेयर बिक्री गर्नुहुँदैन। उनका अनुसार लगानीकर्ताले लामो समय होल्ड गर्ने परिपाटी बसाल्नुपर्दछ। अहिले देखिएको जस्तो गिरावट पछि पनि आउँछ। त्यसैले बजारमा नियमितजसो नजर राखिरहनु र आत्तिनुभन्दा स्वयंलाई शान्त राख्न उनी सुझाव दिने गर्दछन्।
लगानीभन्दा महत्वपूर्ण हो प्रतिफल
बफेटका अनुसार पब्लिक कम्पनी, प्राइभेट कम्पनी, प्रिफेड सेयर वा इक्विटी केमा लगानी गर्ने भन्ने कुराले खासै अर्थ राख्ने गर्दैन। लगानीको तरिकाभन्दा त्यसबाट प्राप्त हुने प्रतिफल धेरै महत्वपूर्ण हुने गर्दछ।
विश्वका दिग्गज लगानीकर्ता बफेट गत अगस्ट ३० बाट ९० वर्ष लागेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19