काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ स्प्रेड दर आगामी चैत महिनादेखि कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएका नीतिहरु कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको छ। संशोधित निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ स्प्रेड दर चैतदेखि लागू राष्ट्र बैंकले निर्देशन दिएको हो।
नयाँ निर्देशनअनुसार २०७९ चैत महिनाबाट औसत ब्याजदर अन्तर ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गर्नुपर्नेछ। सो अन्तर २०८० असार महिनाबाट ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा ४.० प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.६ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नुपर्नेछ।
अहिले ‘क’ वर्गमा वाणिज्य बैंकहरुको हकमा ४.४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ५ प्रतिशत स्प्रेडदर रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19