 
                     
                                
                             
                                    काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमध्ये नयाँ व्यवसाय भित्र्याउन सबैभन्दा आइएमई लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत वर्षको तुलनामा ५.३० प्रतिशतले घट्न पुगेको छ। १४ जीवन बीमाा कम्पनीले नयाँ व्यवसायमार्फत् ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्। जुन गत वर्षको तुलनामा ५ प्रतिशतले कम हो। गत वर्षको असोज मसान्तसम्म जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत ७ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।
सोही अवधिसम्म अधिकांश जीवन बीमा कम्पनीको नयाँ व्यवसाय खस्किएको छ। जीवन बीमा कम्पनीहरुको व्यापार नवीकरण बीमा शुल्कमार्फत नै चलेको तथ्यांकले देखाउँछ।
असोज मसान्तसम्म आइएमई लाइफ, नेपाल लाइफ र नेशनल लाइफबाहेक सबै जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जनमा संकुचन आएको छ।
गत वर्षको तुलनामा सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याउनमा आइएमई लाइफ अब्बल देखिएको छ। गत वर्षको पहिलो त्रैमाससम्म नयाँ व्यवसायमार्फत २२ करोड २६ लाख रुपैयाँ प्रिमियम उठाएको आइएमईले यस अवधिसम्म ५० प्रतिशतले वृद्धि गरी ३३ करोड ५० लाख रुपैयाँ प्रिमियम उठाएको छ।
त्यस्तै, नेपाल लाइफले पनि १७.२९ प्रतिशतले फर्स्ट प्रिमियम बढाएको छ भने नेसनल लाइफ इन्स्योरेन्सले ७.६५ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएको छ।
सबैभन्दा नयाँ व्यवसाय खस्किने कम्पनीमा भने सन नेपाल लाइफ रहेको छ। कम्पनीको नयाँ बिजनेस ४१.५७ प्रतिशतले घटेको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19