काठमाण्डौ । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । 

२०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिना कायम हुने यस योजनाअन्तर्गत विदेशबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्की ड्र«’ माडिस होम, मासिक ‘लक्कीड्र«’मा स्मार्टफोन र बम्पर ‘लक्की ड्र«’मा ४२ इञ्चको एलइडी टिभी प्राप्त गर्न सक्ने बताइएको छ । 

योजना अवधिमा गरिएका कारोबारहरुको‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वतिमार्फत हुने रसोको जानकारी कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेज र संचारकामाध्यम मार्फत सार्वजनिक गरिनेछ।

त्यस्तै, मलेसियास्थित रिया आइएमईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनञ्जा’  स्किम सार्वजनिक गरेको छ । यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरि ४० दिनसम्म कायम हुनेछ ।

योजनाअन्तर्गत मलेसियास्थित  रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इञ्चको एलइडी टिभी प्राप्त गर्नसक्ने बताइएको छ ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी  १ सय ६० आइएमई सेन्टरसहित७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।