काठमाण्डौ। संसारले सन् २०२१ लाई बिदाइ र नयाँ वर्ष २०२२ लाई स्वागत गर्दैगर्दा अमेरिकामा अधिक मात्रामा प्रयोग हुने वाइन र स्याम्पेनको अभाव देखिएको छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सन् २०१९ देखि नै अमेरिकामा सफ्ट ड्रिङ्कका रुपमा चिनिने वाइन तथा स्याम्पेनको माग १२० प्रतिशतले बढेको थियो। त्यहाँस्थित लिक्वयर मार्ट बिक्रेताले जनाएअनुसार उच्च ब्रान्डका प्रतिबोतल ५० डलरदेखि १०० डलरसम्म पर्ने स्याम्पेन तथा वाइनको बजारमा अभाव भएको छ। 

यसरी अभाव हुनका मुख्य तीन कारण बताइएका छन्। जसमा पहिलो कारण भनेको उच्च माग हो भने दोस्रो कारण स्याम्पेन तथा वाइन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (अंगुर) अभाव हुन्। तेस्रो कारण चाहिँ सप्लाई चेन रहेको बताइएको छ। 

अमेरिकामा मुख्य गरेर वाइन तथा स्याम्पेनको आयत युरोपेली राष्ट्र फ्रान्स तथा इटालीबाट हुने गर्छ। अमेरिकामा यस्तो खालको अभाव क्रिसमसदेखि नै भएको हो। – एजेन्सी