काठमाण्डौ । सनराइज बैंक लिमिटेडद्वारा सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रु. २५०,००० नगद सहयोग प्रदान गरेको छ ।
बैंकको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न नवजीवन परोपकार समाजलाई सहयोग रकम हस्तान्तरण गरिएको बैंकले प्रष्ट पारेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19