काठमाण्डौ । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  

कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरुङ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमबीच मंसिर १६ आइतबारका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट रु. २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणिमार्फत रु. १८ अर्बभन्दा बढी लगानी गर्न सफल भएको छ । 

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाई प्राप्ती गरी एककृत कारोवार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।