काठमाण्डौ । नवील बैंकले तेश्रो न्यूबिज बिजिनेश कन्क्लेभ तथा अवार्ड २०१६ मा सवोत्कृष्ट वाणिज्य बैंकको सम्मान पाएको छ । 

तीन दिनअघि उद्योग तथा वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई सो पुरस्कार प्रदान गरेका हुन् । 

सो अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव रहेको उल्लेख गर्दै विषम आर्थिक तथा राजनैतिक अस्थिरताका बावजुद बैंकले इच्छाएअनुसारको कार्य सम्पादन गर्न सक्नु बैंकका हिस्सेदारहरुको हितको संरक्षण प्रति बैंकको अथक प्रयत्नको स्पष्ट प्रमाण रहेको बताए । 

गत आर्थिक वर्षमा बैंकले २ अअर्ब ८२ करोड खूद नाफा कमाएको छ । नाफा र अन्य सूचकमा समेत बैंक देशका सबै वाणिज्य बैंकहरुलाई उछिनेर शीर्ष स्थानमा उक्लिएको बताइएको छ ।