काठमाण्डौ । नबील बैंकले व्यक्तिगत बचत खाताका ग्राहकको हितलाई मध्यनजर गर्दै मेटलाइफ बिमा कम्पनीसँगको सहकार्यमा ३ लाखसम्मको घातक रोग बिमा तथा ७५ हजार रुपैयाँको मृत्यु लाभ बिमा गरिदिने स्किम सार्वजनिक गरेको छ ।
यो योजना मंसिर ९ गतेदेखि लागू भएको बताइएको छ ।
आइतबार एक समारोहका बीच नवील बैंकले निकै आकर्षक मानिएको यो योजनाको भव्य लञ्च गरेको हो ।
बैंकले दैनिक मौज्दात रु. २५ हजार वा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुद्रा व्यक्तिगत बचत खातावालहरुलाई क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्टोक, मुटु भल्भ सर्जरी, फूलमिनेन्ट हेपटाइटिस, एप्लाष्टिक एनीमिया, गम्भीर कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप, प्रमुख अंग तथा बोन म्यारो प्रत्यारोपण गरी १३ वटा घातक रोगहरुको उपचारार्थ रु. ३ लाखको बिमा गरिदिने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।
ती १३ वटामध्येमध्ये कुनै पनि घातक रोग लागेको निवेदन उपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा रु. ३ लाखको बिमा रकम तत्काल भुक्तानी हुने बताइएको छ ।
साथै, बचतकर्ताको अन्य कारणले निधन भएमा रु. ७५ हजारको बिमाङ्क रकम समेत पाइनेछ ।
यसरी हेर्दा नवील बैंकको यो स्किम अन्तर्गत कुल बिमा रकम ३ लाख ७५ हजार रुपैयाँको सुरक्षण प्राप्त हुनेछ ।
यो योजनामा सामेल भइरहन बचतकर्ताले २५ हजार रुपैयाँ वा बढी मौज्दात कुनै पनि नेपाली महिनाको सुरुवातदेखि मसान्तसम्म कायम राख्नु पर्नेछ ।
यो योजनामा १६ वर्ष पूरा गरी ६५ वर्ष ननाघेका व्यक्तिहरु सहभागी हुनसक्ने बैंकले उल्लेख गरेको छ ।
ग्राहक स्वयम्ले यस्तो बिमा गर्नुपर्दा बढी प्रिमियम भुक्तानी गर्नुपर्ने, तर बैंकको यो योजनामा सामेल हुँदा प्रिमियमको खर्च बैंकले नै व्यहोर्ने प्रमुख कार्यकारी अधिकृत शाहले प्रष्ट्याए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago