काठमाण्डौ । बैंकिङ क्षेत्रकै ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७७\७८ का लागि समेत लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।
बैंकले २०७७\७८ को चौथो त्रैमाससम्म आफ्ना सेयरधनीलाई ३१ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको हो ।
सोमबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा नै ४ अर्ब १४ करोड रहेको छ । बैंकमा सेयर प्रिमियमको रुपमा १५ करोड ८७ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा बैंकको लाभांश क्षमता ३१.०९ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरुले हालसम्म प्रकाशित गरेका वित्तीय विवरण हेर्दा सबैभन्दा बढी लाभांश क्षमता नवील बैंकले नै बनाएको देखिएको हो । नवीलले विगतका वर्षहरुमा समेत आफ्ना सेयरधनीलाई उच्च दरको लाभांश वितरण गर्दै आएको छ ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ५० करोड खूद नाफा आर्जन गरेको छ । राष्ट्रबैंकले सर्कुलरमार्फत असल कर्जाको प्रभिजनिङ ३० प्रतिशतले बढाउँदा समेत नवील बैंकले कायम गरेको नाफा निकै लोभलाग्दो छ ।
अघिल्लो वर्षको यही अवधिमा नवील बैंकको खूद नाफा ३ अर्ब ४६ करोडमा सीमित थियो ।
कोरोनाकालमा समेत आक्रामक व्यवसाय विस्तार नीति लिएको बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ९८ करोड रहेको खूद ब्याज आम्दानी बढेर समीक्षा वर्षमा ७ अर्ब ७२ करोड पुगेको हो ।
नवील बैंकको अघिल्लो वर्ष ५ अर्ब ९ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ६ अर्ब ४३ करोडको उचाईमा पुगेको छ ।
अघिल्लो वर्ष ३ अर्ब ५७ करोडमा सीमित बैंकको रिटेन अर्निङ बढेर यो वर्ष ४ अर्ब ३० करोड पुगेको छ भने रिजर्बको आकार समेत १२ अर्ब १८ करोडबाट बढेर १५ अर्ब २ करोड माथि पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब २३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा निक्षेप र कर्जातर्फ बैंकले क्रमशः १७.१२ र ३३.८० प्रतिशतको प्रगति गरेको देखिएको छ ।
समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४० पैसा रहेको छ भने बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ०.९८ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.७८ प्रतिशतमा सीमित बनाउने सफलता समेत प्राप्त गरेको छ ।
समीक्षा अवधिसम्मको सूचकहरुका आधारमा बैंकको कस्ट अफ फण्ड ४.४१ प्रतिशत, आधार दर ५.८६ प्रतिशत, पीई अनुपात ४०.६९ गुणा, प्रतिसेयर नेटवर्थ २४०.७३ रुपैयाँ, तरलता अनुपात २३.४९ प्रतिशत कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19