nabil bank limited
काठमाण्डौ । नवील बैंकले साना उद्यमीलाई लक्षित गर्दै 'नवील सजिलो कर्जा'को स्कीम सुरुवात गरेको छ ।
यूकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको सहकार्यमा बैंकले न्यून ब्याजदरमा साना उद्यमीले कर्जा पाउने गरी नयाँ योजनाको सुरुवात गरेको हो ।
नबिल सजिलो कर्जा योजनामा, रु ४ करोड सम्म व्यापारको आकार भएका र रु १ करोड पचास लाख सम्म ऋण आवश्यकता भएका साना तथा मझौला उद्यमीहरु लक्षित गरी १०.५० प्रतिशत आकर्षक ब्याज दरमा उपलब्ध हुनेछ ।
साथै यो योजनामा निःशुल्क कारोबार सूचक सेवा, निःशुल्क मासिक बैंक ई–स्टेटमेन्ट र व्यवसायका संचालकलाई निःशुल्क क्रेडिट कार्ड जारी गर्ने जस्ता सुबिधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । यो योजनामा ग्राहकले सम्पूर्ण कागजात पेश गरेको पाँच कार्य दिनभित्र बैंकले कर्जा प्रदान गर्नेछ ।
बिहीबार एक कार्यक्रम गरी यूकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र नवील बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अनिलकेशरी शाहबीच सहुलियत दरमा साना उद्यमीलाई कर्जा उपलब्ध गराउने कार्यक्रमको सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।
सक्षमसंगको यो साझेदारीले ग्राहकका आवश्यकताहरुलाई केन्द्र बिन्दूमा राख्दै र उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासहरु अबलम्बन गर्दै बैंकको साना तथा मझौला उद्यमीप्रतिको आस्थालाई अभिबृद्धि गर्ने उद्देश्य लिएको छ ।
‘हामी यूकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम अन्तर्गत नबिल बंैकमा साना तथा मझौला व्यवसायी लक्षित रणनीति तर्जुमा तथा कार्यक्रमका लागि साझेदारी गर्न पाउँदा ज्यादै हर्षित छौ । यो साझेदारीले नवीनतम सोचहरु उत्पादन गर्ने कुरामा हामी आशावादी छौं र जसको उपयोग गरी नबिल बैंकमा साना तथा मझौला उद्यमीको वर्गलाई थप मझबुत बनाउनेछ । यही उद्देश्य पूर्तितका लागि नवील सजिलो कर्जा सार्वजनिक गर्न पाउँदा खुशी छौ ।’ कार्यक्रममा नवील बैंकका सीइओ अनिलकेशरी शाहले भने ।
सो अवसरमा सक्षमका टिम लिडर निर्मल दाहालले भने, “साना तथा मझौला उद्यमीहरुको मर्म तथा आवश्यकतालाई मध्यनजर गर्दै नेपाली बैंकिङ्ग क्षेत्रले साना तथा मझौला व्यवसाय प्रति आमुल परिवर्तन ल्याउन नबिल बैंकले महत्वपूर्ण भूमिका निभाउने कुरामा हामी विश्वस्त छौ । यो साझेदारी मार्फत बैंकले सम्पूर्ण साना तथा मझौला व्यवसाय क्षेत्रलाई पूर्ण वित्तीय सेवाहरु प्रवाह गर्ने कुरामा हामी ढुक्क छौ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago