काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।
यही क्रममा नवील बैंकले समेत २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।
यो बैंकले १० प्रतिशत नवील बैंक डिवेञ्चर २०८२ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डले बैंकको आवेदनलाई पाइपलाइनमा राखेको छ ।
नवीलले १००० रुपैयाँ दरका २० लाख इकाई ऋणपत्र निश्कासन गर्न चाहेको छ । ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुनेछ ।
सात वर्षे अवधिको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नवील बैंकले जारी गर्न चाहेको ऋणपत्रलाई लगानी जोखिम नरहेको इक्रा एनपी एलएएको रेटिङ प्रदान गरेको छ । यस्ता कम्पनीको ऋणपत्रमा लगानी गर्दा जोखिम हुँदैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago