काठमाण्डौ । प्रणालीमा तरलता थुप्रिएर निक्षेपको ब्याज धमाधम घटाइरहेका बैंकहरुले ब्याजदर घटाउँदै ऋणका नयाँ प्रडक्टहरु समेत लञ्च गर्न थालेका छन् । यो क्रममा केही दिनअघि निक्षेपको ब्याजदर घटाएको नवील बैंकले थोरै ब्याजदरमै लिन सकिने लोनका ४ प्रडक्ट समेत लञ्च गरेको छ ।
नबील बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर घर, धितो, व्याक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जाका नयाँ योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष ब्याज छुट दिने अफर सार्वजनिक गरेको छ ।
बैंकले ७.९९ प्रतिशतमा घर, साना तथा मझौला कर्जा र ८.४९ प्रतिशतमा धितो कर्जा तथा व्यक्तिगत ओभरड्राफ्ट दिने प्रष्ट पारेको छ ।
बैंकले यो योजना सीमित समयका लागि मात्र ल्याएको समेत जानकारी दिएको छ। बैंकले यो योजना सबै शाखाबाट अगाडि बढाउन सकिने समेत जानकारी दिएको छ।
यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकलाई राहात पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
सन् १९८४ देखि ग्राहकलाई सेवा प्रदान दिंदै आएको नबिल बैंकका ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी रेमिट एजेन्टहरु छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago