काठमाण्डौ । केही साताअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका बैंकर मनोज ज्ञवाली नवील बैंकको नायव महाप्रबन्धकमा नियुक्त भएका छन् । 

दुई वर्ष कार्यकाल बाँकी छँदै बैशाख ११ गते ज्योति विकास बैंकबाट राजीनामा दिएका ज्ञवालीलाई नवील बैंकले नायव महाप्रबन्धक नियुक्त गरेको हो । नवीलमा उनले चिफ फाइनान्स अफिसरको जिम्मेवारी सम्हाल्नेछन् । 

ज्ञवाली चार्टर्ड एकाउण्टेण्ट समेत हुन् । उनी बैंकिङ क्षेत्रका राम्रा विश्लेषक समेत मानिन्छन् । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत काम गरेका उनीसँग वाणिज्य बैंक, मर्चेन्ट बैंक लगायतमा काम गरेको लामो अनुभव छ ।