काठमाण्डौ । नवील बैंक लिमीटेडले वितरणयोग्य मुनाफामा ६३ प्रतिशतको छलाङ मारेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्ष यस्तो मुनाफा ७४ करोड २० लाखमा सीमित थियो।
बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार खूद नाफा चाहिँ १ अर्ब ३ करोडमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा खूद नाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । यसरी बैंकको खूद नाफा ७.८२ प्रतिशतले घटेको देखिएको छ ।
अघिल्लो वर्ष १ अर्ब ६० करोड रहेको संचालन मुनाफा घटेर यो वर्ष १ अर्ब ४८ करोडमा सीमित भएको छ भने १ अर्ब ९१ करोड रहेको खूद ब्याज आम्दानी पनि घटेर १ अर्ब ५७ करोडमा सीमित बनेको छ ।
बैंकको रिटेन अर्निङ भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ४ करोड रहेको यस्तो अर्निंग बढेर यो वर्ष ४ अर्ब २५ करोडको उचाईमा पुगेको छ ।
अघिल्लो वर्ष १२ अर्ब ६६ करोड १६ लाख रहेको रिजर्बको आकार घटेर १२ अर्ब ६१ करोड ९६ लाखमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७३.४८ प्रतिशत रहेको छ, अघिल्लो वर्ष ७४.०९ प्रतिशत थियो ।
बैंकले आफ्नो वासलातको आकार १६ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा २ खर्ब १४ अर्बको आकारमा रहेको वासलात बढेर यो वर्ष २ खर्ब ४८ अर्बको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ९० अर्ब निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब कर्जा परिचालन गरेको थियो । यसरी बैंकले गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष निक्षेपतर्फ १३ प्रतिशत र कर्जातर्फ १८ प्रतिशतले बढोत्तरी गरेको छ ।
यस्तै, अघिल्लो वर्षको यही अवधिमा २४ अर्ब १३ करोडमा सीमित लगानीलाई बढाएर ३५ अर्ब १५ करोडको उचाई चुमाएको छ । यसरी लगानीतर्फ बैंकले ४६ प्रतिशतको प्रगति गरेको देखिएको छ ।
अघिल्लो वर्ष २४ अर्ब ३५ करोडमा सीमित सेयरहोल्डर फण्डको आकार बढेर यो वर्ष २६ अर्ब ९३ करोड कायम भएको छ ।
अघिल्लो वर्षको तुलनामा बेस रेट १६ प्रतिशतले घटेर ६.६८ प्रतिशत कायम भएको छ भने कस्ट अफ फण्ड पनि २० प्रतिशतले घटेर ४.९९ प्रतिशत कायम भएको छ ।
अघिल्लो वर्ष यही अवधिमा ४८.९३ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यो वर्ष ४०.२६ रुपैयाँमा संकुचन भएको छ भने खराब कर्जाको अनुपात ०.६५ प्रतिशतमै स्थिर रहेको छ ।
नवील बैंकले प्रगति गरेका मुख्य सूचकहरुको तुलनात्मक अवस्था हेर्नुहोस्:
*(यसअघि प्रकाशित संक्षेप समाचारलाई विस्तार गरी बनाइएको स्टोरी)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19