काठमाण्डौ । नवील बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरुले चन्दा मागेको विषयमा बैंकले मुख खोलेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आइतबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न मिडियामा नवील बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरुले चन्दा मागेको भनेर भ्रम फैलाइएको दाबी गरेका छन् । 

उनले यो खबरमा कुनै सत्यता नभएको उनले स्पष्ट पारेका छन् । 'नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।'-सीइओ शाहले भने ।