काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिंगले संचालनमा ल्याएको सात वर्षे बन्दमुखी म्युचुुअल फण्ड, नवील इक्वीटी फण्डले पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

शुक्रबार प्रकाशित वित्तीय विवरण अनुसार कात्तिक अन्तसम्ममा नवील इक्वीटी फण्डको नेट एसेट भ्यालू(एनएभी) ९.८९ रुपैयाँ कायम भएको छ । फण्डको एनएभी प्रति इकाई मूूल्य रु. १० भन्दा कम कायम भएको हो । 

यो म्युचुुअल फण्डको स्कीम १ अर्ब २५ करोडबाट सुरु भएको हो । हालसम्म यो कम्पनीले ४ करोड ७१ लाख रुपैयाँ विभिन्न ५ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस्तै, ७ करोड रुपैयाँ फिक्स्ड डिपोजिट र ५ लाख २ हजार रुपैयाँ सूचिकृत नभएका सेयरमा लगानी गरेको छ । 

कात्तिक अन्तिमसम्ममा यो फण्डले १ करोड ३५ लाख घाटा व्यहोरेको प्रकाशित विवरणमा उल्लेख छ । 

यो म्युचुुअल फण्डले नेशनल लाइफ इन्स्योरेन्सको ३ हजार युनिट, नेपाल लाइफ इन्स्योरेन्सको २ हजार ९ सय ९८ युनिट, एनएलजी इन्स्योरेन्सको २ हजार ९ सय ९५, शिखर इन्स्योरेन्सको २ हजार ९ सय ८८ कित्ता तथा सिद्धार्थ इन्स्योरेन्सको २ हजार ९ सय ९१ कित्ता सेयरमा लगानी गरेको हो । 

नवील इक्विटी फण्डले २०७३ असोज २ देखि ६ गतेसम्म १० करोड रुपैयाँको सार्वजनिक निश्कासन समेत गरेको थियो ।