काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले संचालन गरेको सात वर्षे बन्दमुखी म्युुचुुअल फण्ड, नवील इक्वीटी फण्डको खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) घटेको छ ।  

कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार कात्तिकको तुलनामा मंसिरमा नेट एसेट भ्यालू(एनएभी) घटेको हो । 

कात्तिकमा नवील इक्वीटी फण्डको एनएभी ९.८९ रुपैयाँ रहेकोमा मंसिरमा घटेर ९.८१ रुपैयाँमा झरेको हो । 

यो फण्डको एनएभी प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम कायम भएको हो । एनएभी प्रति इकाई मूल्य भन्दा कम हुनुु राम्रो मानिँदैन । 

१ अर्ब २५ करोडको लगानीबाट सुरु यो स्किमले १५ करोड ७९ लाख विभिन्न सूचिकृत कम्पनीका सेयर, १२ करोड ५० लाख रुपैयाँ मुद्धती निक्षेपमा, ५ लाख १ हजार रुपैयाँ सूूचिकृत नभएका कम्पनीको सेयरमा लगानी गरेको छ । 

यो फण्डको मंसिरमा खूद घाटा २ करोड ४२ लाख पुुगेको छ । 

कुल सूचिकृत सेयरमध्ये यो फण्डले सबैभन्दा बढी १२ हजार कित्ता बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको सेयरमा लगानी गरेको छ । यस्तै, सबैभन्दा बढी २ करोड ६१ लाख रुपैयाँ यो फण्डले एभरेष्ट बैंकमा लगानी गरेकोछ ।