काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि लाभांश घोषणा गरेको छ । 

मंसिर ७ गते बिहान बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ६४४ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो प्रस्ताव राष्टबैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

नवील बैंकको यो लाभांश इतिहासकै कमजोर लाभांश हो । सम्भवतः पहिलोपटक नवीलले बोनस सेयरबाहेक नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ । 

 

यस्तो छ लाभांशको इतिहास

नवील बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत नै, आर्थिक वर्ष २०७६/७७ मा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण थियो। 

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण थियो । जसमध्ये ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा १८.५० बोनस र ११.५० नगदसहित कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । 

यसअघिको समाचार