काठमाण्डौ । अमेरिकाको जुत्ता निर्माता कम्पनी नाइकीको सेयरमूल्यमा उछाल आएको छ।
कम्पनीको अनलाइन बिक्री ८२ प्रतिशतले वृद्धि भएसँगै मंगलबार नाइकीको सेयरमूल्यमा १३ प्रतिशतको उछाल आएको हो। कम्पनीले कोरोना महामारीलाई आफ्नो डिजिटल व्यापारमा तीव्रता ल्याउन प्रयोग गरेको थियो। अभिभावकहरु बालबालिकाको स्कुल आइटमहरुमा फर्किएसँगै नाइकीकोे मुख्य बजार चीनमा व्यवसायले तीव्रता पाएको छ।
यसैगरी कम्पनीले आफ्नो जोर्डन ब्रान्ड अहिलेसम्मकै बलियो अवस्थामा पुगेको जनाएको छ।
यसअघि विश्लेषकहरुले कम्पनीले यो वर्ष ९.१५ बिलियन डलर कमाउने प्रक्षेपण गरेका थिए। तर यो वर्ष कम्पनीले अहिलेसम्म १०.५९ बिलियन डलर आम्दानी गरेको छ।
चीनमा नाइकीको बिक्री ६ प्रतिशतले बढेको छ भने नाइकीको ठूलो बजार उत्तर अमेरिकामा भने बिक्री २ प्रतिशतले घटेको छ। उत्तर अमेरिकामा बिक्री घटे पनि त्यहाँको बिक्री विश्लेषकहरुले अनुमान गरेभन्दा धेरै नै छ। विश्लेषकहरुले अनुमान गरेको ३.३९ बिलियनभन्दा उत्तर अमेरिकाको बिक्री ४.२३ बिलियन डलर रहेको छ।
यद्यपि जुन महिनामा भने कम्पनीले अनपेक्षित घाटा व्यहोरेको थियो। उक्त अवधिमा गत वर्षको तुलनामा कम्पनीको आम्दानी ३८ प्रतिशतले घटेको थियो। अस्थायी रुपमा स्टोरहरु बन्द भएका कारण कम्पनीको आम्दानी घटेको थियो।
महामारीका कारण कम्पनीको डिजिटल बिक्रीले कुल बिक्रीको ३० प्रतिशत हिस्सा ओगटेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19