काठमाण्डौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको नागबेली लघुवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष ०७३/७४ मा ३ करोड ३७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा २ करोड ७३ लाख रुपैयाँ थियो । 

यो माइक्रोफाइनान्सले यो अवधिमा ७ करोड ३० लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड २५ लाख रुपैयाँमा सीमित थियो । 

यो अवधिमा नागबेलीले ४२ करोड १८ लाख सापटी लिई तथा १७ करोड निक्षेप संकलन गरी ६२ करोड ४० लाख कर्जा परिचालन गरेको थियो । अघिल्लो वर्ष यही अवधिमा नागबेलीले ३८ करोड ९२ लाख सापटी लिई तथा ११ करोड ४४ लाख निक्षेप संकलन गरी ४९ करोड १६ लाख कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीले जगेडा कोषलाई दोब्बर बढीले वृद्धि गरेको छ । अघिल्लो वर्षसम्म३ करोड १० लाख रुपैयाँमा सीमित यस्तो कोष बढेर ७ करोड ६५ लाख रुपैयाँको भएको छ । 

बैंकको निस्क्रिय कर्जा अनुपात भने बढेको छ अघिल्लो वर्ष १.०४ प्रतिशत रहेको यस्तो कर्जा अनुपात बढेर यो वर्ष १.९७ प्रतिशत पुुगेको हो । यो राम्रो संकेत होइन । ५.२२ प्रतिशतमा सीमित कस्ट अफ फण्ड पनि बढेर ८ प्रतिशतको उचाईमा पुुगेको छ । 

यो अवधिमा नागबेलीको प्रतिसेयर आम्दानी ६४.०७ रुपैयाँ, प्रति सेयर नेटवर्थ २०९.२० रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ४९.१६ गुणा कायम भएको छ ।