काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड 'लक्ष्मी भ्यालू फण्ड-१' को प्रति इकाई खूद सम्पत्ति मूल्य वृद्धि भएको छ । 

बैशाख मसान्तको तुलनामा जेठ मसान्तसम्म यो स्किमको एनएभीमा सामान्य वृद्धि भएको हो । 

बैशाख मसान्तसम्म प्रति इकाई एनएभी १३ रुपैयाँ ६१ पैसा रहेकोमा जेठ मसान्तसम्म बढेर १३ रुपैयाँ ७४ पैसाको उचाईमा पुुगेको हो । 

कुल ५० करोडबाट सुरु भएको यो स्किमले जेठ मसान्तसम्म ३३ करोड ८४ लाख रुपैयाँ ४३ सूचिकृत कम्पनीको सेयरमा र २ करोड ७७ लाख सार्वजनिक निश्कासनमा लगानी गरेको छ । 

यो स्किमले सबैभन्दा धेरै कित्ता नेपाल दूरसंचार कम्पनी लिमीटेडको खरीद गरेको छ । यो कम्पनीको ४७ हजार १ सय ५५ कित्ता यो स्किमले खरीद गरेको छ । यो स्किमले ६  करोड मुद्धती खातामा जम्मा गरेको छ भने २६ करोड ५९ लाख बैंकमा ब्यालेन्स रहेको छ । 

बैशाख मसान्तसम्म यो स्किम १२ करोड ९६ लाख नाफामा रहेकोमा जेठसम्म त्यो वृद्धि भई १३ करोड ५८ लाखको उचाईमा पुुगेको छ ।