काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा ३ करोड ३२ लाख रुपैयाँमा सीमित थियो । 

व्यवसायमा बिस्तार गरेका कारण यो बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १३ करोड ३१ लख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिमा १५ करोड ३४ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले १७ अर्ब २० करोड निक्षेप संकलन गरी १४ अर्ब २७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १२ अर्ब ३२ करोड निक्षेप संकलन गरी १० अर्ब ७८ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले समीक्षा अवधिमा खराब कर्जालाई सन्तुलनमा राख्न सकेन । अघिल्लो आबको पहिलो त्रैमाससम्म १.९६ प्रतिशत रहेको खराब कर्जा बढेर १.९७ प्रतिशत पुुगेको हो । 

बैंकको नाफा बढे पनि प्रति सेयर आम्दानीलाई भने नियन्त्रणमा राख्न सकेको देखिएन । अघिल्लो वर्षको पहिलो त्रैमासमा १२.६२ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ९.११ रुपैयाँमा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा प्रतिसेयर नेटवर्थ १४७.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.५ गुणा कायम भएको छ । ३० करोडमा सीमित रिजर्बलाई बढाएर ७७ करोड माथि पुर्याएको छ ।