काठमाण्डौ । थोरै भए पनि सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४ लाख २२ हजार नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४ लाख २७ हजार नाफा कमाएको हो । 

सेञ्चुरी बैंकको खूद ब्याज आम्दानीतर्फ भने राम्रै प्रगति भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १८ करोड ४१ लाख रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर २१ करोड ८१ लाख रुपैयाँ पुुगेको हो । 

बैंकको हाल चुक्तापूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६० करोड ६९ लाख रुपैयाँ रहेको छ । 

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ अर्ब ६८ करोड निक्षेप संकलन गरी २७ करोड ५९ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो आबको सोही अवधिमा २५ अर्ब ३० करोड निक्षेप संकलन गरी २१ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको थियो । 

यो अवधिमा बैंकले निस्क्रिय कर्जा दरलाई भने घटाएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ०.४५ प्रतिशत रहेको एनपीएल यो वर्ष सोही अवधिमा घटाएर ०.३३ प्रतिशतमा झारिएको हो । 

बैंकको प्रतिसेयर आम्दानी  १० रुपैयाँ ४६ पैसा, प्रतिसेयर नेटवर्थ १२१.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.५१ गुणा कायम भएको छ ।