काठमाण्डौ । काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको मिर्मिरे माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो माइक्रोफाइनान्सको नाफा १ करोड १५ लाख थियो । 

यो अवधिमा मिर्मिरेले ६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड ८८ लाख थियो । 

यो अवधिमा माइक्रोफाइनान्सले ७५ करोड ८३ लाख सापटी लिई तथा २० करोड ३३ लाख निक्षेप संकलन गरी ८२ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३३ करोड ३३ लाख सापटी लिई तथा ८ करोड ५७ लाख निक्षेप संकलन गरी ४० करोड ९९ लाख कर्जा प्रवाह गरेको थियो । 
अघिल्लो वर्ष १ करोड ८० लाखमा सीमित रिजर्ब वृद्धि भई यो वर्ष ३ करोड ९२ लाखको उचाईमा पुुगेको छ । 

यो माइक्रोफाइनान्सको कस्ट अफ फण्डमा डरलाग्दो गरी वृद्धि भएका कारण समेत अपेक्षित नाफा निकाल्न नसकेको देखिएको छ । अघिल्लो वर्ष ५.७५ प्रतिशतमा सीमित कस्ट अफ फण्ड(लागत खर्च)मा भारि वृद्धि भई यो वर्ष ११.०८ प्रतिशत पुुगेको छ । 

यो अवधिमा माइक्रो फाइनन्सको प्रति सेयर आम्दानी ५१.५९ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३०.६८ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ३६०४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.८४ गुणा कायम भएको छ ।