काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडले शुक्रबारदेखि चितवनको नारायणगढमा आफ्नो  दशौं शाखा कार्यालय बिस्तारसँगै औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच फाइनान्सको दशौ शाखाले औपचारिक रुपमा  कारोबार थालेको हो। 

ललितपुरको हरिहरभवनमा  मुख्य कार्यालय रहेको यो कम्पनीले यसअघि काठमाडौको चावहिल, चुच्चेपाटी, हेटौडा, विरगञ्ज, झापा, बारा, धनुषा लगायतका जिल्लामा शाखा सञ्जाल बिस्तार गरिसकेको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमीटेडले ०७४ चैत मसान्तसम्म निक्षेप संकलन रु.२ अर्ब ६८ करोड तथा कर्जा रु.२अर्ब ३९ करोड प्रवाह गरी रु. ५ करोड ९५ लाख संचालन मुनाफा गरेको छ । 

यो फाइनान्सको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. १० करोड ६० लाख रहेको छ ।