काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध प्रविधि कम्पनी इन्फोसिसका सहसंस्थापक एनआर नारायण मुर्थीले सातामा ७० घण्टा काम गर्नुपर्ने सल्लाहमा अनेकन खालका प्रतिक्रिया आएका छन् ।

उनको सल्लाहमा यतिखेर भारतमा मात्र होइन विश्वमै समर्थन र विरोध शुरु भइरहेको छ ।

उनको यस्तो खालको सल्लाहमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित् विज्ञहरुले सातामा ७० घण्टा काम सम्भब रहेको बताएका छन् । भारतको नयाँदिल्लीस्थित स्वास्थ्य संस्थाका प्रतिष्ठित डाक्टरहरुले देशको समृद्धिका लागि खासगरी युवा पीढिंले सही तवरले सदुपयोग गर्ने समय भएको बताएका छन् ।

उनले भने, ‘आजका युवापीढिंले जति योगदान दिन्छन्, त्यतिै नै मात्रामा देशले तरक्की गर्छ । तर युवाहरुका लागि प्रेरणको आवश्यकता जरुरि छ । यतिमात्र नभई युवाले यो मार्गमा अगाडि बढ्न व्यक्तिगत जिवनलाई सन्तुलन बनाउन पनि त्यतिकै आवश्यकता छ ।’
सातामा सातै दिन काम गर्छन् स्वास्थ्यकर्मी 
दिल्लीस्थित् एम्स हस्पिटलका पूर्वडाइरेक्टर डा एमसी मिश्रले डाक्टरहरुले समयको पर्वाह नै नगरी सातामा सातै दिन काम गर्ने गरेको बताउँछन् ।उनले भने, ‘हामी सातामा सातै दिन काम गर्छौं, ६० वर्षको उमेरमा अहिले पनि मैले सातै दिन काम गरिरहेको छु ।’
 उनले ७० घण्टा काम गर्नुपर्ने मुर्थीको सल्लाहलाई समर्थन  गरे ।

उनले भने, ‘यसको अर्थ आजका युवा पीढिंले अधिकतम समय उत्पादन बढाउने काममा योगदान गर्नुपर्छ भन्ने हो । तर आजका युवाहरुको समय सामाजिक सञ्जाल,टीभीमा समय बर्बाद भइरहेको छ, युवाहरुले समयको सही सदुपयोग गरुन भन्ने हो ।’ उनकमा अनुसार युवाले चाहने हो भने सातामा ७० घण्टा काम सम्भव छ, किन सम्भव छैन ?
समय बढाउँदा पैसा पनि बढाउनुपर्छ 

आकास हस्पिटलका डाइरेक्टर डा आशिस चौधरीले भने ७० घण्टा काम गर्ने नियम सहीतवरले ठिक नभएको बताए । उनी भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा दैनिक १० घण्टा काम गर्नु त अनिवार्य नै हुन्छ, अस्पतालमा मेरो डिउटी सकियो अव म घर जान्छु भन्न मिल्दैन, तर हरेक क्षेत्रमा ७० घण्टा काम सम्भव होलाजस्तो लाग्दैन किन भने यो सवै श्रमशक्तिमा लागू हुन असम्भव छ । यो नियम सवै क्षेत्रमा लागू होला जस्तो पनि लाग्दैन ।’

उनका अनुसार सातामा ४८ घण्टाको सट्टा ७० घण्टा कार्यबल लागू गर्ने हो भने प्रोत्साहन सँगसँगै तलवमा पनि बृद्धि गर्नुपर्छ । यो भयो भने आजका युवा पीढिंले देश समृद्धिका लागि ७० घण्टा काम गर्न तत्पर हुनु पर्दछ । पछाडि हट्नु हुँदैन ।
राम्रो क्यारियरको लागि धेरै काम गर्नुपर्छ

उता मनोचिकित्सक समिर पारिखले भने यसलाई दुई किसिमले प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘पहिलो कुरा, आजको युग भनेको विज्ञान र प्रविधिको युग हो, त्यसैले युवा पीढिंले भविष्यका लागि र राम्रो क्यारियरको लागि लगातार कडा परिश्रमका साथ धेरै काम गर्नुपर्छ, दोस्रो भनेको परीक्षाको तयारी वा लोकसेवा आयोगको तयारी होस या अन्य अभ्यासको तयारी जेहोस सवैले कुनै न कुैन रुपले ७० घण्टा काम त गरिरहेकै हुन्छन्, यसमा विरामी वा असक्तको कुरा अलग्गै होला तर जो सक्षम छन् उनीहरुले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर ७० घण्टा काम गर्नैपर्दछ ।’
एउटा अन्तरवार्ताको क्रममा केहि दिन अघि मुर्थीले जापान र जर्मनको उदाहरण दिंदै दोस्रो विश्व युद्धपछि जापान र जर्मनले जे जसरी विकास गरे त्यो सवै युवाको देन भएको बताएका थिए । उनी भन्छन्, ‘समृद्ध देश बनाउनका लागि युवाले कडा परिश्रम गर्नु आवश्यक छ ।’  उनले चीनमा भइरहेको औद्योगिक विकास र त्यहाँको प्रगति बारे पनि प्रशंसा गरेका छन् ।

उनका अनुसार पछिल्लो समयमा चीनमा युवाहरुले विहान ९ बजेदेखि बेलुका  ९ बजेसम्म सातामा ६ दिनसम्म काम गरेका छन् ।त्यही कारण चीनको अर्थतन्त्र बलियो बन्दै गएको छ । भारतको ६ प्रतिशतको आर्थिक बृद्धिको लागि युवाको कडा मेहनत आवश्यक रहेकोमा उनले जोड दिन्छन् । उनका अनुसार आजको श्रमशक्तिले वर्क कल्चरमा सुधार गर्नु आवश्यक छ ।उनले  हप्तामा ७० घण्टा काम गर्न आवश्यक रहेको सल्लाह दिएपछि यतिखेर सामाजिक सञ्जालहरुमा उनको समर्थन र विरोध भइरहेको छ । सातामा ७० घण्टाको अर्थ दैनिक १० घण्टा काम गर्नु हो ।यसमा सात दिनमा कुनै दिन छुट्टै विदा सामेल छैन ।-एजेन्सी