काठमाण्डौ । कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ । 

जसमा शून्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क ५ लाखसम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।  

देशभर ९० बटा शाखामार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न ७ ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । 

बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको  छ ।