काठमाण्डौ । आस्वा सेवालाई निःशुल्क गर्ने होडबाजीपछि वाणिज्य बैंकहरुबीच डिम्याट खाता समेत शुल्क नलिई खोलिदिने होडबाजी चल्न थालेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले पहिलो १० हजार जनालाई निःशुल्क डिम्याट खाता खोल्ने अफर सार्वजनिक गरेलगत्तै एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी क्यापिटलले समेत त्यस्तै अफर सार्वजनिक गरेको छ । 

एनआइसीले बिना शुल्क लगानीकर्ताहरुले एनआइसी बैंकमा डिम्याट खाता खोल्नसक्ने अफर सार्वजनिक गरेको हो । खाता खोल्ने नयाँ ग्राहकहरुका लागि डिम्याट खातामा लिइने वार्षिक शुल्क समेत पूर्ण मिनाहा गरिएको छ । 

एनआइसी एशिया बैंकका देशभरका १ सय १५ शाखाहरुबाट ग्राहकहरुले निःशुल्क डिम्याट खाताको सुविधा पाउनेछन् ।