-प्रकाश बञ्जारा
यूएई । आर्टिफिसियल इन्टिलिजेन्स(एआई)को तीव्र विश्वव्यापीकरण सँगै निकट भविष्यमै १९ लाख रोजगारी गुम्नसक्ने भन्दै सजग रहन विज्ञहरुले विश्वलाई खबरदारी गरेका छन् । 
हालै संयुक्त अरब ईमिरेट्सको दुवईमा सम्पन्न विश्वका सरकारहरुको सम्मेलन वल्र्ड गभरमेन्ट समिटलाई सम्बोधन गर्दै वक्ताहरुले विश्वले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
विश्वका १ सय ४० देशका सहभागीलाई सम्बोधन गर्दै विश्व बैकका प्रेजिडेन्ट जिम योङ्ग किमले निकट भविष्यमै १ सय ५० मिलियनले जागिर छाड्ने र त्यसै समयमा ३ सय मिलियन युवा जनशक्ति जागिरको खोजीमा निस्किने विश्लेषण सुनाए ।
आगामी सन्् २०३० सम्ममा १ सय ८० मिलियन युवाले बेरोजगार बस्नुपर्ने अबस्था सिर्जना हुनसक्ने सम्भावना औल्याए । “प्रविधिको उच्चतम प्रयोग सँगै अर्धदक्ष जनशक्तिले गर्न सक्ने धेरै काम कृतिम ज्ञान अर्थात आर्टिफिसियल इन्टिलिजेन्सले गर्ने भएकाले हामीलाई समस्या आउँछ त्यसका लागि आजैबाट सजग रहनुपर्छ।” प्रश्न गर्दै किमले भनेका छन्,“जागिर खोज्नेहरुको संख्या दिनदिनै बढेको बेला जागिरको संख्या दिनदिनै घट्यो भने के हुन्छ ?”
आज भइरहेको ५० प्रतिशत रोजगार भोलि अटोमेशनले सिध्याउने बताउँदै किमले विश्वले भविष्यमा उत्पादन गर्ने ६५ प्रतिशत दक्ष जनशक्तिका लागि आजैबाट कामको खोजी थाल्नुपर्नेमा जोड दिए ।
त्यसैगरी अर्का वक्ता युएईका परराष्ट्र तथा अन्तराष्ट्रिय मामिला मन्त्री अव्दुल्लाह विन जायद अल नहयानले आजको सिप भविश्यमा काम नलाग्ने भन्दै भावी जनशक्तिको सिप विकासमा आजैबाट लाग्नुपर्ने बताए ।
शिक्षा तथा जनशक्ति विभाग युएईका अध्यक्ष समेत रहेका नहयानले भोलिको डिजिटल प्रविधिको बारेमा आजैबाट युवाहरुलाई दक्ष बनाउनुपर्ने कुरा राखे । “हामीले आजैबाट आफ्ना नागरिकलाई नयाँ सिप सिकाउनुपर्छ अहिलेको बजारभन्दा भविश्यको बजार धेरै विस्तृत हुनेछ।” नहयानले भनेका छन् ।
३ दिनदेखि दुवईको मदिनात जुमेरा रिसोर्टमा चलेको समिटमा विश्वका १ सय ४० देशका ४ हजारले सहभागिता जनाएका थिए । जहाँ पहिलो पटक सहभागिता जनाएको भारतलाई गेस्ट कन्ट्रिको रुपमा निम्त्याइएको थियो ।
सूचना प्रविधिको आडमा स्वचालित यन्त्र र सँयन्त्रको विकास भएसँगै अधिकाँश काम मेशिनले गर्ने भएपछि भावी जनशक्ति बेरोजगारको चपेटामा पर्ने निश्चित रहेकामा समीटमा सहभागीको अधिकांशहरु सहमत देखिएका थिए ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19